०५ असार २०८३, शुक्रबार

पत्रकार सुरेश रजकको परिवारलाई रास्वपाको आर्थिक सहयोग

असार ७, २०८२
काठमाडौं
पत्रकार सुरेश रजकको परिवारलाई रास्वपाको आर्थिक सहयोग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा काठमाडौंको तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई सहयोग गरेको छ ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लीमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल शनिबार स्वर्गीय पत्रकार रजकको घर पुगेर ३ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

पत्रकार रजकको २०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा जलेर मृत्यु भएको थियो ।

सहयोग रकम हस्तान्तरण गर्दै रास्वपाले आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारीलाई जिम्मेवार बन्न माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्