३० जेठ २०८३, शनिबार

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय दूतावासद्वारा नेपालका विभिन्न स्थानमा कार्यक्रम

असार ७, २०८२
काठमाडौं
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय दूतावासद्वारा नेपालका विभिन्न स्थानमा कार्यक्रम

११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावासले नेपालका विभिन्न १० शहर र नगरपालिकामा कार्यक्रम गरेको छ ।​

काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगञ्ज, हेटौंडा, रौतहट र बरियारपुरलगायत नेपालका १० शहर र नगरपालिकामा विभिन्न कार्यक्रम गरेको हो । 

यस वर्षको ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने विषयवस्तु अनुरूप अन्तर्राष्ट्रिय योग दिवस आउन ७५ दिन अगावै भारतीय राजदूतावासले गत चैत २५ गते पशुपतिनाथ मन्दिरमा योग प्रदर्शनसहितको एक शुभारम्भ कार्यक्रमको आयोजना गरेको थियो । 

भारतीय सेनाका पूर्वसैनिकहरूको सक्रिय सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन ५० दिन अगावै भारतीय राजदूतावासले गत वैशाख १९ गते काठमाडौंस्थित ईसीएचएस पोलिक्लिनिकमा योग सत्र सञ्चालन गरेको थियो । 

त्यस्तै, अन्तर्राष्ट्रिय योग दिवस आउन २५ दिन अगावै जेठ १३ गते काठमाडौंको नेपाली सेना मुख्यालय मैदानमा योग सत्र आयोजना गरिएको थियो, जसमा नेपाली सेनाका कर्मचारीहरूले सहभागिता जनाएका थिए । 

भारतीय राजदूतावासले काठमाडौं उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदा स्थल क्रमशः पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, बौद्धनाथ स्तुपा र स्वयम्भूनाथ स्तुपा,चाँगुनारायण मन्दिर र  पाटन दरबार स्क्वायरमा योग आसन प्रदर्शन आयोजना गर्‍यो ।

null

यी कार्यक्रममा योगमा अभिरुचि राख्ने र भारतीय डायस्पोराका सदस्यको सक्रिय सहभागितादेखिएको थियो । पाटन दरबार स्क्वायरमा आयोजित योग प्रदर्शनमा नेपाली सेलिब्रेटी, स्थानीय अधिकारी, बासिन्दा र भारतीय समुदायका सदस्यको उत्साहजनक सहभागिता थियो ।

त्यस्तै २०८२ जेठ ३० गते काठमाडौंको केन्द्रीय विद्यालयको परिसरमा काठमाडौंका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा योग सत्र आयोजना गरिएको थियो ।

परम्परागत भारतीय ज्ञान र समग्र कल्याणमा आधारित सही किसिमको खान्की अँगाल्न विद्यार्थीहरूलाई प्रेरित गर्दै कार्यक्रममा 'सात्विक आहारका फाइदाहरू'बारे एक अन्तर्दृष्टिपूर्ण व्याख्यानसहितको प्रस्तुति देखाइएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै राजदूतावासले २०८२ असार १ गते काठमाडौंस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को मुख्यालयमा योग सत्र आयोजना गर्न इसिमोडसँग साझेदारी गरेको थियो । कार्यक्रममा इसिमोड र काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरूको उपस्थिति थियो । 

यस्तै दूतावासले लमजुङको मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा रमणीय २०८२ असार ५ गते योग प्रदर्शन आयोजना गरेको थियो । 

त्यस्तै पोखराका तीन प्रमुख स्थलमा योग प्रदर्शन सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

अन्नपूर्ण हिमशृङखलाको मनोरम दृश्यहरूका लागि प्रसिद्ध सराङकोट भ्यू पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर र रमणीय अनदु डाँडामा अवस्थित सुन्दर शान्ति स्तूप परिसरमा पनि योग प्रदर्शन गरिएको दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्