०६ असार २०८३, शनिबार

स्वर्णिम वाग्ले-देउवा भेटपछि गोकुल बास्कोटाको व्यंग्य: 'भिजिट भिसाका तमासे' रातभर कांग्रेस नेताको पिँडीमा

असार ७, २०८२
काठमाडौं
स्वर्णिम वाग्ले-देउवा भेटपछि गोकुल बास्कोटाको व्यंग्य: 'भिजिट भिसाका तमासे' रातभर कांग्रेस नेताको पिँडीमा

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुप्रति लक्षित गर्दै कडा कटाक्ष गरेका छन्। 

केही दिनअघि रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भप्रति लक्षित गर्दै बास्कोटाले 'संसदमा तमासा देखाउनेहरु' रातभर कांग्रेस नेताको शरणमा पुगेको भन्दै व्यंग्य गरेका हुन्।

बास्कोटाले आफ्नो फेसबुकमा लेखेका छन्, "भिजिट भिषामा संसदमा पलेंटी कसेर दिन दिनै तमासा देखाउनेहरु रातभरी काँग्रेस नेताका पिंडीमा देऊन मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउदै किन धाएका होलान।यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमानौ है।"

salt training

कमेन्ट गर्नुहोस्