२३ जेठ २०८३, शनिबार

‘मानव कल्याणसम्बन्धी कामलाई प्रभावकारी बनाउँछौँ’

असार ७, २०८२
पर्सा
‘मानव कल्याणसम्बन्धी कामलाई प्रभावकारी बनाउँछौँ’

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले मानव कल्याणका क्षेत्रमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
आज पर्सामा मानवसेवा आश्रमको अवलोकन गर्दै मुख्यमन्त्री सिंहले मानवसेवा जस्तो पवित्रसेवा गर्ने सङ्घसंस्थासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए। “मानव सेवा आश्रमले असहाय, अशक्त र बेवारिसे नागरिकको सेवामार्फत समाजमा मानवीयता र समर्पणको अनुपम उदाहरणीय कार्य गरेको छ”, उनले भने, “यस्ता मानवतावादी काम गर्ने निकायसँग सहकार्य गरेर अघि बढ्नेछौँ ।” 

मानवसेवा आश्रमले सडकमा बेवारिसे, मानसिक असन्तुलनयुक्त र विपन्न अवस्थाका व्यक्तिलाई उद्धार गरी आश्रय, उपचार तथा पुनःस्थापनाको व्यवस्था गर्दै आएको छ । मुख्यमन्त्रीको भ्रमणले संस्थाको सेवा तथा कार्यप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको आश्रम परिवारले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्