२५ जेठ २०८३, सोमबार

जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्छ : पोखरेल

असार ७, २०८२
काठमाडौं
जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्छ : पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको सङ्घर्षबाट गणतन्त्र प्राप्त भएकाले यसविरोधी गतिविधि गर्नेप्रति एमाले डटेर प्रतिकार गर्ने बताएका छन् । 

एमाले धादिङको नवौंँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति आमनागरिक, राजनीतिक दल सबै एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउन विभिन्न कोणबाट भइरहेको हमलाको पार्टीले प्रतिकार गर्ने बताए । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “हाम्रो पार्टीको राष्ट्रवादी अडानलाई कमजोर बनाउन हामीमाथि हमला भइरहेको छ । एमाले जन्मसिद्ध र वंश परम्परामा आधारित शासनसत्ताको विपक्षमा छ । आमनिर्वाचित शासनसत्ता चलाउने, र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको छ । यसमा कोहीसँग सम्झौता हुँदैन ।” जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

संविधानको सर्वाेच्चता र कानुनी शासनको पक्ष, विकास र समृद्धि, सामाजिक सद्भाव कायम गर्नु सबैको दायित्व भएकाले समन्वय र सहकार्यको आवश्कता रहेको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्