
तेहरानबाट करिब ८७ माइल (१४० किलोमिटर) दक्षिणमा रहेको कोम शहरका बासिन्दाले शहरको बाहिरतिर केही विस्फोटको आवाज सुनेको बताएका छन् ।
इरानी सरकारी समाचार संस्था फार्स न्यूजका अनुसार फोर्डो आणविक केन्द्र कोमनजिकैको पहाडको भित्री भागमा निर्माण गरिएको छ ।
विस्फोटको आवाज त्यस क्षेत्रको हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएपछि आएको फार्सले उल्लेख गरेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन वटा आणविक साइटमा अमेरिकाले आक्रमण गरेको बताएका छन् । अमेरिकाले फोर्डो, नतांज र इस्फहान साइटमा आक्रमण गरेको उनको दाबी छ ।
उनका अनुसार फोर्डोमा पूर्ण बम लोड खसालिएको छ ।