०२ असार २०८३, मंगलबार

ईरानका तीन परमाणु केन्द्रमा अमेरिकी हमला, मध्यपूर्वमा पुनः अस्थिरता बढ्ने संकेत

असार ८, २०८२
काठमाडौं
ईरानका तीन परमाणु केन्द्रमा अमेरिकी हमला, मध्यपूर्वमा पुनः अस्थिरता बढ्ने संकेत

ईरानका प्रमुख तीनवटा परमाणु केन्द्रहरूमा अमेरिकी हवाई हमला भएको पुष्टि गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत फोर्दो, नताज र इस्फहानस्थित परमाणु केन्द्रमा आक्रमण गरिएको जानकारी दिएका छन्।

ईरानी समाचार संस्था तस्नीमसँग कुरा गर्दै कोम प्रान्तको आपदा व्यवस्थापन विभागका प्रवक्ता मोर्तजा हेदरीले फोर्दोस्थित परमाणु केन्द्रको एक भागमा आक्रमण भएको पुष्टि गरेका छन्। इस्फहानका डिप्टी गभर्नर अकबर सलेहीले भने, “नताज र इस्फहान नजिकै धेरै विस्फोटका आवाजहरू सुनिएका छन्। हामीले ती स्थानमा हवाई हमला देखेका छौँ।”

यस हमलामा अमेरिकालाई इजरायलले सहयोग गरेको जानकारी पनि सार्वजनिक भएको छ। इजरायली सुरक्षा अधिकारीहरूले अमेरिकी कारबाहीमा आफ्नो सहभागीता पुष्टि गरेका छन्।

ईरानी अधिकारीहरूले हालसम्म क्षतिको पूर्ण विवरण सार्वजनिक गरेका छैनन्, तर स्थिति तनावपूर्ण रहेको जनाइएको छ। यस घटनाले मध्यपूर्वमा पुनः अस्थिरता बढ्ने संकेत देखिएको छ।

salt training

कमेन्ट गर्नुहोस्