
नेपाल औषधि आयातकर्ता संघ (मियान)को अध्यक्षमा पवन आचार्य निर्वाचित भएका छन् ।
ललितपुरको होटल हिमालयमा शनिबार भएको आठौं अधिवेशन तथा वार्षिक साधारणसभामा आचार्यको नेतृत्वमा सर्वसम्मत १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
संघको उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल, महासचिवमा मधु पौडेल, सचिवमा सुरेश पटवारी र कोषाध्यक्षमा सन्दीप खनाल निर्वाचित भएका छन् ।
यस्तै, कार्यसमिति सदस्यमा मुकुन्दराज भण्डारी, सुशीलकुमार श्रेष्ठ , महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह, आनन्द राजभण्डारी, सुरज टिवटिवाल, राजकिशोर, आनन्द चाशैधरी, चन्द्रशेखर रूगाटा र डा. अबुल हुसेन अन्सारी रहेका छन् । नयाँ कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ ।