०४ असार २०८३, बिहीबार

आणविक निगरानी संस्थाले भन्यो– इरानी न्युक्लियर साइटहरूमा विकिरण फैलिएको पाइएन

असार ८, २०८२
काठमाडौं
आणविक निगरानी संस्थाले भन्यो– इरानी न्युक्लियर साइटहरूमा विकिरण फैलिएको पाइएन

संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले इरानी आणविक स्थलहरूमा विकिरण फैलिएको नपाइएको जनाएको छ ।

इरानका ३ न्युक्लियर साइट्सलाई निसाना बनाएर अमेरिकाले गएराति बमबारी गरेको थियो ।
 
आईएईएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'इरानमा अमेरिकी आक्रमणपछिको अवस्थासम्बन्धी प्राप्त तथ्यांकअनुसार ती ठाउँको वरपरको विकिरण स्तरमा कुनै वृद्धि देखिएको छैन।'

अमेरिकाले फोर्डोसहित ३ वटा आणविक साइटमा गएराति हवाई हमला गरेको थियो।

उक्त संस्थाले भनेको छ, 'इरानको अवस्थाबारे थप जानकारी प्राप्त भएपछि मात्रै हामी थप मूल्यांकन सार्वजनिक गर्नेछौं ।'

salt training

कमेन्ट गर्नुहोस्