२४ जेठ २०८३, आइतबार

नेपाली महिला रेस्लर युनिकालाई पाकिस्तानमा सफलता

असार ८, २०८२
काठमाडौं
नेपाली महिला रेस्लर युनिकालाई पाकिस्तानमा सफलता

चर्चित नेपाली महिला रेस्लर भगवती खड्का ‘युनिका’ले पाकिस्तानको कराँचीमा सम्पन्न महिला रेस्लिङमा जीत हात पारेकी छन् । उनले शनिबार अबेर भएको भिडन्तमा पाकिस्तानी महिला रेस्लर बेंगिसालाई हराएकी हुन् । 

युनिकाका अनुसार, पाकिस्तानमा पहिलोपटक महिला रेस्लिङ आयोजना भएको हो ।

आफ्नी पाकिस्तानी प्रतिद्वन्द्वी बेंगिसा नयाँ खेलाडी भएकाले आफूलाई खेल्न केही असहज भएको पनि उनले बताइन् । 

‘खेल निकै रमाइलो थियो । मैले खेल जितेर बेल्ट पनि हात पारेँ । तर, बेंगिसा मैले सोचेजस्तो रेस्लर थिइनन् । महिलाहरू बुर्का ओढेर हिँड्ने ठाउँमा महिला रेस्लिरको इन्ट्री हुनु आफैंमा खुसीको कुरा हो । मैले नेपाली हामी रहौंला कहाँ नेपालै नरहे भन्ने गीत पनि गाएँ । पाकिस्तानीहरूले नबुझे पनि ताली बजाएर सपोर्ट गरे,’ युनिकाले भनिन् ।

null

salt training

कमेन्ट गर्नुहोस्