३२ असार २०८३, बिहीबार

१६ करोडले राष्ट्रप्रमुखको खर्च धानेको छ, राजाको पालामा ६२ करोड थियो– सूर्य थापा

असार ८, २०८२
काठमाडौं
१६ करोडले राष्ट्रप्रमुखको खर्च धानेको छ, राजाको पालामा ६२ करोड थियो– सूर्य थापा

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद सूर्य थापाले राष्ट्रप्रमुख र उपप्रमुखका लागि विनियोजन गरिएको बजेटले जनताको शासन राजतन्त्र भन्दा कयौं गुणा पारदर्शी भएको प्रमाणित हुने बताएका छन् । 

आइतबार प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयलगायत शीर्षकमा विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले २० वर्ष अघि २०६२ सालमा दरबारका लागि ६२ करोड विनियोजन गरिएको स्मरण गरेका हुन् । 

‘अंकमा हेर्दा १६ करोड ९२ लाखले राष्ट्रप्रमुख/उपप्रमुखको खर्च धानेको छ, २० वर्षपछि आउँदा पनि । २० वर्ष अघि ज्ञानेन्द्र साहले ५ करोडबाट ६२ करोड पुर्‍याएका थिए । वंश आधारित शासन र सामन्ती परिपाटीभन्दा जनताको शासन मितव्ययी पनि छ, जनतालाई खर्चको भारी बोकाउँदैन भन्ने दृष्टान्त पनि यो बजेट ।’

ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन शुरू गरेपछि दरबारका सदस्यको नाममा सेवा सुविधा बढाएर ५ करोडबाट ६२ करोड पुर्‍याएका थिए । 

सांसद थापाले राजनीतिक दलका नेताको नाममा बजेट विनियोजन गरिनु गलत भएको बताए । ‘७५ करोडमा गणेशमानको सम्मान साट्ने ढंगलको काम गलत भएको छ,’ थापाले भने ।

salt training

कमेन्ट गर्नुहोस्