२० असार २०८३, शनिबार

दुर्गेश थापालाई बधाई दिँदै ओलीले भने- 'दुश्मन हेरेकोहेर्‍यै' गीतको सफलता नयाँ पुस्ताको रुचिको प्रमाण

असार ८, २०८२
काठमाडौं
दुर्गेश थापालाई बधाई दिँदै ओलीले भने- 'दुश्मन हेरेकोहेर्‍यै' गीतको सफलता नयाँ पुस्ताको रुचिको प्रमाण

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापाको गीत 'दुश्मन हेरेकोहेर्‍यै' ले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्दै  थापालाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत गीतले पाँच महिनामै युट्युबमा १०० मिलियन (१० करोड) भ्युज पाउनुले आजको नयाँ पुस्ताको बेग्लै स्वादका गीत/संगीतमा रुचि बढेको पुष्टि हुने बताएका छन्।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, "आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको 'दुश्मन हेरेकोहेर्‍यै' गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !"

दुर्गेश थापाको यो गीत सार्वजनिक भएदेखि नै चर्चामा थियो र यसले छोटो समयमै ठूलो दर्शक संख्या हासिल गर्न सफल भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्