१५ असार २०८३, सोमबार

इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, दुईको मृत्यु

असार ८, २०८२
इलाम
इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, दुईको मृत्यु

इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको झापास्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

    दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । 

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्