२३ असार २०८३, मंगलबार

सानो देशको सार्वभौमसत्ता सानो हुँदैन–नेम्वाङ

कात्तिक २०, २०७४
सानो देशको सार्वभौमसत्ता सानो हुँदैन–नेम्वाङ
काठमाडाैं ६ माघ -नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल, भारत र चीन दुवै छिमेकी विरोधी हुन नसक्ने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय सरोकार केन्द्रको आयोजनामा माधव श्रेष्ठ र डा अञ्जान शाक्यले सम्पादन गरेको ‘नेपाल–भारत सम्बन्धमा नयाँ आयाम र उत्तरदायित्व’ शीर्षक पुस्तकको लोकार्पण गर्दै उहाँले नेपाल दुवै छिमेकी देशसँग सुमधुर सम्बन्ध राखेर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले नेपालले आफ्नो सार्वभौमसत्तालाई टेकेर दुई देशबीच समान सम्बन्ध कायम राख्नुपर्ने बताउँदै भन्नुभयो, “सानो देशको सार्वभौमसत्ता सानो हँुदैन, तीन देशको आआफ्नै सार्वभौमसत्ता हुन्छ । त्यही सार्वभौमसत्ता र समानताका आधारमा नेपाल छिमेकीसँग सम्बन्ध बढाउन चाहन्छ ।”

भारतीय आन्दोलनमा नेपाली दाजुभाइले अह्म भूमिका निर्वाह गरेको बताउँदै उहाँले नेपालको संविधान बनाउन छिमेकीले त्यति गहन रुपमा चासो लिन आवश्यक नभएको स्पष्ट गर्नुभयो । उहाँले नेपाल र भारतबीचको सम्बन्धमा बेलाबखतमा उतारचढाव आए पनि दुई असल छिमेकीका रुपमा एकले अर्कालाई सम्मान गर्दै दुवै देशले साझा हितका लागि मिलेर काम गर्नाको विकल्प छैन भन्नुभयो ।

पुस्तकको समीक्षा गर्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठले पुस्तकमा समेटिएका लेख, विचार र दृष्टिकोण नेपाल र भारतको सम्बन्धका विविध विषयमा जान्न चाहनेका लागि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय सरोकार केन्द्रका सदस्य तथा पोल्यान्डका लागि अवैतनिक महावाणिज्यदूत लोकमान्य गोल्छाले नेपाल र भारतबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।

सम्पादक शाक्यले नेपाल र भारतबीचको सम्बन्ध वास्तविक रुपमा सम्बन्ध कसरी अगाडि बढिरहेको छ र बढ्नुपर्छ भन्ने विषयमा पुस्तक केन्द्रित भएको जानकारी गराउनु्भयो । पुस्तकमा २५ जना परराष्ट्र मामिलाका उच्च अधिकारीले लेखेका लेख समेटिएको छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्