०३ असार २०८३, बुधबार

मनमोहन विश्वविद्यालयको ‘अनुसन्धान परियोजनामा’ बजेट अभाव, ३७ करोड माग्दा १४ करोड पाइयो

असार ९, २०८२
विराटनगर
मनमोहन विश्वविद्यालयको ‘अनुसन्धान परियोजनामा’ बजेट अभाव, ३७ करोड माग्दा १४ करोड पाइयो

मोरङको बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिक प्रतिरोधी भाइरस निर्माण र आयुर्वेदिक उत्पादन विकासका क्षेत्रमा अनुसन्धान गरिरहेको छ । यो कोशी प्रदेश सरकार मातहको एउटा मात्रै विश्वविद्यालय हो । तर, प्रदेश सरकारबाट अपेक्षित बजेट नपाउँदा यी महत्त्वाकांक्षी परियोजना कार्यान्वयनमा भने समस्या परिरहेको विश्वविद्यालय प्रशासनले जनाएको छ । 

विश्वविद्यालयले मागेको ३७ करोड रूपैयाँ बजेटमध्ये प्रदेश सरकारले मात्र १४ करोड रूपैयाँ विनियोजन गरेको छ । यो रकम अनुसन्धान र विकासका लागि अत्यन्त न्यून भएको विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलले बताए ।

एन्टिबायोटिकले काम नगर्ने अवस्थामा हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सक्ने फाइदाजनक भाइरस पत्ता लगाउने अनुसन्धान अन्तिम चरणमा पुगेको छ । यो सफल भएमा स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने उपकुलपति पोखरेलको भनाइ छ ।

मधुमेह रोग नियन्त्रणका लागि नेपालकै हिमालयन जडीबुटीमा आधारित औषधि विकास गर्ने अनुसन्धान पनि विश्वविद्यालयमा भइरहेको छ । यसका साथै सञ्चो, भिक्स र वाम तेलजस्ता आयुर्वेदिक उत्पादनहरूको परीक्षण उत्पादन सम्पन्न भएको छ ।

null

विश्वविद्यालयले आफ्नै उत्पादन शुरू गर्ने नेपालकै पहिलो विश्वविद्यालय बन्ने प्रयास गरेको उनले बताए । ‘पढ्दै कमाउँदै’ भन्ने अवधारणालाई मूर्तरूप दिन विश्वविद्यालयले विकास गरेका उत्पादन बजारीकरणका लागि सरकारी अनुमतिको पर्खाइमा रहेको उनले बताए । 

विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्य विज्ञान र विज्ञान तथा कानून गरी तीनवटा स्कूलअन्तर्गत विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ । बीबीए, एलएलबी, क्रिमिनल र हस्पिटल म्यानेजमेन्ट जस्ता विशिष्ट कार्यक्रमले विद्यार्थीलाई आकर्षित गरेको छ ।

सन् २०३० सम्ममा ३०० बेडको शिक्षण अस्पताल, १८ वटा अत्याधुनिक प्रयोगशाला, तारामण्डल र विज्ञान संग्रहालय स्थापना गर्ने विश्वविद्यालयको महत्त्वाकांक्षी लक्ष्य छ । प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताललाई मनमोहन विश्वविद्यालय मातहत ल्याउने नीति लिएको छ ।

‘हामीले प्राविधिक शिक्षाको महत्त्व र उपकरणको मूल्यबारे बुझाउन खोज्दा उल्टै अपहेलित हुनुपरेको छ,’ उपकुलपति पोखरेलले गुनासो गरे । उनले विश्वविद्यालयलाई कुनै पनि राजनीतिक दलको छायाँबाट मुक्त राख्ने प्रतिबद्धता जनाए ।

मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षा र अनुसन्धानमा नयाँ आयाम थप्ने प्रयास गरे पनि आर्थिक संकट र प्रशासनिक ढिलासुस्तीका कारण संघर्षरत छ । 

विश्वविद्यालयले दुईवटा महत्त्वपूर्ण अनुसन्धानमा आफूलाई केन्द्रित गरेको छ । पोख्रेलले एन्टिबायोटिकले काम नगर्ने अवस्थामा हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सक्ने फाइदाजनक भाइरस पत्ता लगाउने अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् । 

यो सफल भएमा स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने पोखरेलको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्