२४ जेठ २०८३, आइतबार

इरानसँगको युद्ध टुंग्याउने इजरायलको तयारी

असार ९, २०८२
काठमाडौं
इरानसँगको युद्ध टुंग्याउने इजरायलको तयारी

इजरायलले इरानसँगको युद्ध  टुंग्याउने तयारी गरेको छ । दुई देशबीचको पछिल्लो तनाव चाँडै अन्त्य गर्ने इजरायलले संकेत गरेको हो ।

वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा इजरायली अधिकारीहरूले युद्ध अन्त्यको तयारीबारे संकेत गरेका दाबी गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोर्डो, नताञ्ज र इस्फाहानस्थित आणविक स्थलमा अमेरिकी हवाई आक्रमण सफल भएको बताएको भोलिपल्ट इजरायली अधिकारीहरूले युद्ध अन्त्यको संकेत गरेको वाल स्ट्रिट जर्नलले लेखेको छ । 

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुखले अमेरिकी आक्रमणबाट फोर्डो प्रशोधन केन्द्रमा ‘अत्यधिक क्षति’ पुगेको बताएका छन् । 

इजरायलले राजनीतिक बन्दीहरू राखिने जेल र फोर्डो प्रवेशद्वारजस्ता लक्ष्यहरूमा आक्रमण गरेको बताइएको छ ।

तर, तेहरानले अमेरिकी आक्रमणको प्रत्यक्ष जवाफ दिने वा नदिनेबारे अझै स्पष्ट धारणा दिएको छैन । इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी नाम उल्लेख नगरी इजरायलप्रति केन्द्रित वक्तव्य दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इजरायलले गम्भीर गल्ती गरेको छ र अहिले सजाय भोगिरहेको छ ।’

पश्चिमी मुलुकहरूले भने इरानलाई थप प्रतिक्रियाबाट जोगिन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार कुनै पनि अवस्था आउँदा इरानी नेतृत्वमा परिवर्तनको विकल्प खुला रहेको बताएका थए । उनले इरानलाई अमेरिकासँगको वार्ता स्वीकार गर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा इरानी परराष्ट्रमन्त्रीसँग भेट गरेका छन् । उनले अमेरिकी आक्रमणलाई ‘अवैध र अनुचित’ भन्दै रुसी पक्षले इरानी जनतालाई सहयोग गर्न कदम चालेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्