२९ जेठ २०८३, शुक्रबार

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

असार १०, २०८२
काठमाडौं
तीन प्रदेशमा भारी वर्षाको सम्भावना

गएराति देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । मनसुनी वायुको प्रभावले कोशी र बागमतीका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी र बागमतीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्