०४ साउन २०८३, सोमबार

भिजिट भिसा प्रकरणमा सरकारले बनाएको समिति अपराध ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डाः ज्ञानेन्द्र शाही

असार १०, २०८२
काठमाडौं
भिजिट भिसा प्रकरणमा सरकारले बनाएको समिति अपराध ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डाः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनाएको समितिप्रति आपत्ति जनाएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समितिप्रति आपत्ति जनाएका हुन् । 

उनले १८ वर्षमा १४ जना गृहमन्त्री भएको बताउँदै सबैलाई अनुसन्धानको घेरामा ल्याउनुपर्नेमा दूधको साक्षी बिरालो भनेजस्तो समिति बनाइएको बताए ।

बिरालोलाई दूधको साक्षी राखेर समस्याको समाधान हुन नसक्ने उनले जिकिर गरे । जसको विरूद्धमा छानबिन हुनुपर्ने हो उनीहरूले नै कर्मचारीलाई राखेर छानबिन समितिले विधिको शासन स्थापना नगर्ने उनको भनाइ छ । 

सरकारले बनाएको छानबिन समिति अपराधको ढाकछोप गर्ने र भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई उन्मुक्ति दिन ल्याइएको नयाँ प्रोपोगाण्डा भएको उनले जिकिर गरे । सरकारको यो प्रोपोगाण्डाविरूद्ध राप्रपा सडक र सदनमा एकजुट हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्