
इरानी अधिकारीहरूले मंगलबार बिहान उत्तरी इरानमा भएको आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको र चार घर ध्वस्त भएको बताएका छन् ।
इरान र इजरायलबीच युद्धविराम सहमति भएकै बेला इरानको गिलान प्रान्तको गभर्नरको कार्यालयले अस्तानेह-ये अशरफियाह शहरमा भएको आक्रमणमा ३३ जना घाइते भएको बताएको छ, जसलाई उनीहरूले 'आतंकवादी' आक्रमणको रूपमा वर्णन गरेका छन्।
इरानी मिडिया रिपोर्टका अनुसार आक्रमणको पछाडि इजरायलको हात छ ।
गिलानका उपगभर्नरले भनेका छन् कि मारिएका वा घाइते भएकाहरूमा १६ महिला र बालबालिका छन्।
केही मिडिया रिपोर्टका अनुसार, मर्नेहरूमा आणविक वैज्ञानिक मोहम्मद रेजा सिद्दीकी पनि छन् ।
यसअघि आजै बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच युद्धविराम सहमति भएको घोषणा गरेका थिए । जसलाई इजरायलले पनि स्वीकार गरिसकेको छ ।