
रोल्पाको थवाङ गाउँपालिका-५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको निधन भएको छ ।
मिर्गौला र कलेजोसम्बन्धी रोगका कारण पीडित वडाध्यक्ष घर्तीमगरको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार निधन भएको हो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित ५२ वर्षीय घर्तीमगर थवाङ-५, उवा निवासी हुन् । समाजसेवा र स्थानीय नेतृत्वमा सक्रिय घर्तीको निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले बताए ।
परिवारका अनुसार घर्तीमगरको अन्त्येष्टि मंगलबार मगर परम्पराअनुसार उवामै गरिएको छ ।