१६ असार २०८३, मंगलबार

संसदीय समिति बैठकमा सहभागी भए प्रचण्ड

असार ११, २०८२
काठमाडौं
संसदीय समिति बैठकमा सहभागी भए प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । 

शीर्ष नेताहरूले संसदीय समितिलाई उपेक्षा गरेको गुनासोबीच प्रचण्ड समिति बैठकमा सहभागी भएका हुन् ।

बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड उपस्थित भएका हुन् । 

नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने समितिको कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई पनि सहभागी छन् । 

समिति सभापति रामहरि खतिवडाले निजामती विधेयक टुंगयाएसँगै अब नेपाल प्रहरीसम्बन्धी विधेयकलाई प्राथमिकता साथ अगाडि बढाइएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्