०५ साउन २०८३, मंगलबार

मतदान गर्न किन एकजना पनि आएनन् यहाँ ?

मंसिर २१, २०७४
मतदान गर्न किन एकजना पनि आएनन् यहाँ ?

सप्तरी, २१ मंसिर– दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत आज (बिहीवार) विहानैदेखि देशका ४५ जिल्लामा मतदान चलिरहेको छ । तर कतिपय ठाउँमा भने मतदाताहरु मतदान र्ग आएका छैनन् । 

सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि मतदान केन्द्रमा दिउँसोसम्म एकजना पनि मतदाता मत हाल्न आएका छैनन् । मतदाताहरु मतदान गर्न नआएपनि कर्मचारीहरु मतदान केन्द्रमै छन् । 

साँझ ५ बजेसम्म कर्मचारीहरु मतदान केन्द्रमै रहने र त्यतिबेलासम्म कोही पनि मतदाता मतदान गर्न नआए आफूहरु फिर्ता हुने मतदान अधिकृत धनेश्वर साहले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्