
इजरायलसँगको १२ दिनको युद्धका क्रममा इरानले ७०० जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि इजरायलसँग सम्बन्ध राखेको आरोप छ।
इरानको सरकारी मिडिया प्लेटफर्म नूर न्यूजले दिएको जानकारीअनुसार यी व्यक्तिहरूमाथि इजरायली गुप्तचर एजेन्सी मोसादसँग सम्बन्ध राखेको र द्वन्द्वको क्रममा शत्रुको पक्षमा काम गरेको आरोप छ।
यस्तै, इरान र इजरायलबीचको १२ दिनको द्वन्द्वमा मारिएका शीर्ष सैन्य अधिकारीहरू र आणविक वैज्ञानिकहरूको लागि शनिबार राजधानी तेहरानमा राजकीय अन्त्येष्टि गरिनेछ ।