0 shares
स्याङजामा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनबीच झडप भएको छ । साविकको तुलसीभन्ज्याङ गाविसको भनव रहेको स्थानमा दुई पक्षबीच झडप भएको हो । मतदानको विषयमा दुई पक्षबीच सुरु भएको विवाद हातहालाहालको अवस्थामा पुगेपछि प्रहरीले हवाइ फायर गरेको थियो ।