
पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालविरुद्ध थुनछेक बहस सकिएलगत्तै सो पार्टीकी सचिव रामकुमारी झाँक्री विशेष अदालत पुगेकी छन् ।
बुधवार राति पौने ८ बजे झाँक्री अदालत पुगेकी हुन् ।
न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बुधबार नेपालको थुनछेक बहस भएको थियो । राति करिब ८ बजेसम्म आदेश आएको छैन ।
नेकपा एसका नेता कार्यकर्ता पनि विशेष अदालतमा देखिएका छन् । नेता नेपाल पनि अदालतमै छन् ।