१० असार २०८३, बुधबार

विष्णुमतीमा गाडीसहित बगेकी महिलाको उद्धार

असार १२, २०८२
काठमाडौं
विष्णुमतीमा गाडीसहित बगेकी महिलाको उद्धार

काठमाडौंको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

राति १० बजेको समयमा काठमाडौंको टोखा नगरपालिका–६ ग्राण्डी अस्पताल पछाडि विष्णुमती खोला किनाराबाट बा प्र०१–०३१ च ६१४१ नम्बरको निजी कार खोलामा खसेको थियो ।

काठमाडौंको धुम्बाराही बस्ने अङ्कुश सिंहले चलाएको कारबाट भावना ओली गाडीसहित बगेकी थिइन् ।

चालक खोला किनारामा हामफाल्न सफल भएका थिए भने गाडीभित्र सवार ओलीलाई खोलाले बगाएको थियो ।​​

बाँनियाटार पुलमा आइपुगेर गाडी अड्किएको अवस्थाबाट महिलाको उद्धार गरिएको प्रहरी पसिर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकी महिला दाङ घर भई हाल टोखा बस्दै आएका थिए ।

उनलाई प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि ग्रिनसिटी अस्पताल पठाएको छ ।

क्रेनको सहायताले खोलाभित्र रहेको कारसमेत बाहिर निकाली प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्