२५ जेठ २०८३, सोमबार

भारतको बद्रीनाथमा यात्रुबाहक गाडी नदीमा खस्यो : ३ जनाको मृत्यु, ९ बेपत्ता

असार १२, २०८२
काठमाडौं
भारतको बद्रीनाथमा यात्रुबाहक गाडी नदीमा खस्यो : ३ जनाको मृत्यु, ९ बेपत्ता

भारतको उत्तराखण्डस्थित रुद्रप्रयागको घोल्टीर क्षेत्रमा एउटा मिनी गाडी नदीमा खसेको छ । 

दुर्घटनामा अहिलेसम्म तीन जना यात्रुको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ७ जनाको उद्धार गरिएको छ भने ९ जना अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य भइरहेको समाचारमा उल्लेख छ । 

केदारनाथ र रुद्रप्रयागका विभिन्न क्षेत्रमा केही दिनदेखि भइरहेको भारी वर्षाका कारण अलकनन्द नदीमा पानीको बहाव धेरै तीव्र छ। जसका कारण उद्धार कार्यमा समस्या भएको हो । 

गाडीमा गुजरात र राजस्थानका मानिसहरू सवार थिए । यी मानिसहरू चारधाम यात्राको लागि उत्तराखण्ड आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्