
काठमाडौं, २१ मंसिर — मोरङ जिल्लाको क्षेत्र नं ४ बाट प्रतिनिधिसभा उम्मेदवार महेश आचार्यले जीतको दाबी गरेका छन् ।
विराटगरको जनता मावि मतदान केन्द्रमा मतदान गरेपछि कांग्रेस नेता आचार्यले निर्वाचनबाट देशमा उत्साह जागेको प्रतिक्रिया दिए ।
निर्वाचनपछि देशमा समृद्धिको लहर आउने उनको तर्क थियो ।
पूर्वमन्त्री आचार्यले यस निर्वाचनबाट लोकतन्त्र सुदृढ हुने टिप्पणी गरे ।