
काठमाडौं, २१ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाका चुनाव नगराउने सबै प्रयासहरु विफल भएको बताएका छन् । उनले बालकोटमा मतदान गरेर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अव देश नयाँ संविधानको पूर्ण कार्यान्वयनतर्फ गएको बताए ।
सकारले आम निर्वान नगर्ने वाहानावाजी गर्दै स्थानीय चुनावलाई तन्क्याएर असोज २ गतेसम्म ल्याएको आरोप समेत लगाए । प्रधानमन्त्री देउवाले चुनाव नगराउनका लागि मतपत्रका बाहानामा आफ्ना सहयोगीहरुलाई अदालतमा पठाएको भएपनि उनको त्यो प्रयास सफल हुन नसकेको आरोप ओलीले लगाए ।
ओलीले लामो संघर्षबाट संविधान बनेकोले अब संविधानमा भएका कुराहरु कार्यान्वयनका लागि अन्तिम काम स्वरुप निर्वाचन भएको बताए । अब संविधानले निर्दिस्ट गरेर कुराहरु प्राप्तीका लागि देश अघि बढ्ने उनले बताए ।
उनले अब विकास नै देशको मुख्य एजेण्डा भएको समेत बताए ।