
दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डट कमका सम्पादक एमपी सुब्बा धरौटीमा रिहा भएका छन् ।
समाचार प्रकाशन गरेका कारण अदालतको अवहेलना मुद्दामा आज थुनछेक बहसपछि विशेष अदालतले उनीहरुलाई जनही रु २५ हजार धरौटीमा छोड्न आदेश दिएसँगै दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले दुवै जनाको बयान र थुनछेक बहसपछि छोड्न आदेश दिएको हो ।