१६ असार २०८३, मंगलबार

टिकुलीगढमा व्यावसायिक ड्रागन फ्रुट खेती

असार १३, २०८२
काठमाडौं
टिकुलीगढमा व्यावसायिक ड्रागन फ्रुट खेती

दाङको लमही नगरपालिका–३ टिकुलीगढमा  तुलबहादुर पुन र भरतबहादुर बुढामगरले व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गरेका छन् । 

पुन र बुढामगर मिलेरे थुर्पामाडी बहुउद्देश्यीय कृषि, फलफूल तथा पशुपन्छी फार्म दर्ता गरी खेती शुरू गरेका हुन् । 

एक वर्षदेखि तीन बिघा जग्गा भाडामा लिएर ड्रागन खेती गर्दै आएका उनले  थोकमा प्रतिकिलो ३५० र फुटकरमा ४०० का दरले  बिक्री गर्ने गरेका छन् । 

उक्त फल  धेरै फार्मबाट बिक्री  हुने  गरेको उनले बताए । अहिले दैनिक दुई क्विन्टलभन्दा बढी बिक्री भइरहेको उनको भनाइ छ । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्