
सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका- ५ मार्मिङ बस्ने २१ वर्षीय निमातेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पापासाङ तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी रामेश्वर कार्कीका अनुसार यही असार १० गते भोटेकोशी गाउँपालिका-५ स्थित जंगलमा ११ वर्षीया बालिकाको शव फेला परेको थियो।
ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।