०४ साउन २०८३, सोमबार

इटालीमा जेफ बेजोस र लरेन सान्चेजको 'राजसी' विवाह समारोह, १४ अर्ब खर्च हुने अनुमान

असार १३, २०८२
काठमाडौं
इटालीमा जेफ बेजोस र लरेन सान्चेजको 'राजसी' विवाह समारोह, १४ अर्ब खर्च हुने अनुमान

विश्वकै धनी व्यक्तिहरूमध्ये एक जेफ बेजोसले प्रेमीका लरेन सान्चेजसँग इटालीको भेनिस शहरमा आयोजना गरेको वैवाहिक समारोह ‘संसारकै सबैभन्दा महँगो विवाह’ का रूपमा चर्चित बन्दैछ । 
अत्यधिक गोपनीयता, अतिविशिष्ट पाहुना र अनौठा प्रदर्शनले भरिएको यो विवाह कार्यक्रम विश्वव्यापी चर्चा र विवादको विषय बनेको हो ।​

बेजोस र सान्चेजबीच इटालीको भेनिसमा भएको यो 'संसारकै सबैभन्दा महँगो विवाह'मा हुने खर्चको अंक सार्वजनिक गरिएको छैन ।

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेको विभिन्न तथ्यगत अनुमानका आधारमा विवाहको अनुमानित खर्च ७५ देखि १०० मिलियन अमेरिकी डलर (१० अर्ब ७० करोड देखि १४ अर्ब ३० करोड नेपाली रुपैयाँ) हुन सक्ने अनुमान गरिएको छ ।

यस ‘डेस्टिनेसन वेडिङ’को तयारी एक वर्षअघिदेखि थालिएको थियो । विवाहस्थलका रूपमा विश्वसमक्ष सांस्कृतिक र ऐतिहासिक सम्पदाको रूपमा चिनिएको भेनिस शहर छानिएको थियो । 

तर यति ठूलो खर्चिलो विवाहमा स्थानीयको आक्रोश, जलवायु आन्दोलनकारीको विरोध र सुरक्षाको उच्च सतर्कता पनि मिसिएको छ ।

५० करोड डलरको 'याट'मा प्रस्ताव

अमेजनका संस्थापन ६१ वर्षीय बेजोसले ५५ वर्षीया पूर्व–टेलिभिजन रिपोर्टर लरेन सान्चेजलाई २०२३ को मे महिनामा कान्स फिल्म फेस्टिभल नजिकै आफ्नो ५० करोड अमेरिकी डलर बराबरको 'कोरु' नामक सुपरयाटमा विवाह प्रस्ताव राखेका थिए । 

उनले गुलाबी हिराको औंठी सिरानीमुनि लुकाएर प्रस्ताव राखेका थिए ।

भेनिसको यस विवाह समारोहले शहरलाई मात्रै अनुमानित ४० मिलियन युरो (झण्डै ५८ अर्ब नेपाली रुपैयाँ) बराबरको आम्दानी गराउने स्थानीय अधिकारीहरूले जनाएका छन् ।

null

पाहुना: टम ब्राडीदेखि ओप्राह र कार्दासियन परिवारसम्म

विवाह समारोहमा झण्डै २०० जना अति विशिष्ट पाहुनालाई आमन्त्रण गरिएको छ । तीमध्ये चर्चित नामहरूमा टम ब्राडी, ओर्लान्डो ब्लुम, ओप्राह विन्फ्रे, किम कार्दासियन र उनको परिवार, भुटानी राजकुमारी रानिया, बिल गेट्स, बेयोन्से र जे-जेड, एभा लङ्गोरिया, मिक जागर, गायल किङ, जोएल लगायत छन् । यिनीहरू सबैलाई निजी विमानमार्फत भेनिस विमानस्थल उतारिएको थियो ।

बेजोस–सान्चेज जोडीका परिवारका सदस्यसहित उनीहरू दुवैका यसअघिका सातजना सन्तान पनि उपस्थित छन् । 

पाहुनाहरूलाई 'उपहार नल्याउन' आग्रह गरिएको थियो । यसको सट्टा जोडीले युनेस्को र भेनिसको प्राकृतिक सम्पदा संरक्षण गर्ने संस्थाहरूलाई अतिथिहरूको नाममा दान गर्ने घोषणा गरेको छ ।

विवाहस्थल: भेनिसको पुरानो गिर्जाघर

विवाह समारोहलाई धार्मिक होइन, व्यक्तिगत र प्रतीकात्मक समारोह बनाइएको छ । बिहीबार म्याडोना डेल-ओर्टो गिर्जाघर परिसरमा पार्टी आयोजना भयो भने शुक्रबार सान जिओर्जियो म्यागीओर टापुमा र शनिबार पुरानो 'आर्सनल शीपयार्ड' क्षेत्रभित्रको गोप्य स्थानमा मुख्य समारोह आयोजना गरिएको छ । 

यसका लागि विवाह आयोजना कम्पनी लान्जा एन्ड बाउसिनाले जिम्मेवारी लिएको छ । लण्डनमा रहेको यो कम्पनीले अहिलेसम्म विश्वका सबैभन्दा गोप्य र भव्य पार्टी आयोजना गरेको दाबी गर्ने गर्छ ।

विरोध र प्रदर्शन

विवाहले भेनिस शहरको शान्त जीवन र संस्कृति बिगार्ने भन्दै वातावरणविद् र समाजवादी कार्यकर्ताहरूले तीव्र विरोध जनाएका छन् । 

'बेजोसलाई ठाउँ छैन' नामक अभियानले भेनिसका नहरहरू बन्द गर्ने धम्की दिएको छ । ग्रिनपीसले शहरको सान मार्को चोकमा बेजोसको हाँसिरहेको फोटोसहित 'यदि भेनिसलाई भाडामा लिन सक्छौ भने धेरै कर पनि तिर्न सक्छौ' लेखिएको ब्यानर झुन्ड्याएको थियो ।

यस विवाह समारोहलाई शहरलाई करोडौंको आम्दानी गर्न सहयोग गर्ने भन्दै सकारात्मक रूपमा लिनेहरू पनि उल्लेख्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्