
म्याग्दी २१ मंसिर– म्याग्दीमा गत मंसिर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना शुरु भएको छ ।
दोस्रो चरणको मतदान सकिए लगत्तै साँझ ५ बजेबाट मतगणना सुरु भएको हो ।
७५ हजार ५३७ मतदाता रहेको म्याग्दीमा ४७ हजार ४४९ मत खसेको छ ।
नेपाली कांग्रेसका खम्बिर गर्बुजा र बामगठबन्धनका तर्फबाट एमालेका भुपेन्द्र थापाबीच मुख्य प्रतिष्पर्धा हुने ठानिएको छ ।