३० असार २०८३, मंगलबार

भोट हालेपछि ९२ वर्षीय चौलागाईँले भनेः ‘भोटको सट्टा अब पाँच हजार भत्ता पाउने आशा छ’

मंसिर २१, २०७४
भोट हालेपछि ९२ वर्षीय चौलागाईँले भनेः ‘भोटको सट्टा अब पाँच हजार भत्ता पाउने आशा छ’

काठमाडौं, २१ मंसिर – चाउरी परेको अनुहार, सेतै फुलेका कपाल माथि ढाका टोपी, लौरोको साहरामा विस्तारै हिड्दै थिए, भक्तपुरका ९२ वर्षिया मतदाता शिव प्रसाद चौलागाईँ ।
चौलागाईँ लौरोको सहरामा दिउँसो २ बजेतिर झक्तपुर बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्कदै थिए । 


९२ वर्षीय चौलागाईँ भोट हाल्नकै लागि एक्लै आएका थिए । भोट हालेपछि आफुले पाउँदै आएको वृद्धभत्ता बढाउँछन् भन्ने आशाले  भोट हाल्न आएको चौलागाईँले लोकान्तरलाई बताए ।
 मतदान गरेर फर्कदै गरेका चौलागाईले भने, ‘मैले हालेको प्रतिनिधिले जित्छ, मर्ने कहिले हो कहिले, बाँचुन्जेर अब पाँच हजार पाउँछु भन्ने आशा छ ।’


सोहि मतदान केन्द्रबाट मतदान गरेर फर्कर्दै गरेका मतदाताहरुले ले भने, ‘हामीले भोट हालेर फर्कियौ । तीनओटा मतपत्रमा ४ छाप लाएर आयौ । अब कस्ले जित्छ भनेर मतगणना भएपछि नै थाहा हुन्छ ।’
काठमाडौंको विभिन्न स्थानमा भइरहेको मतदानको अवलोकोकन गर्दै लोकान्तर समुह  त्यहा पुग्दा पारिलो घाममा मतदाताहरु लाइमा बसेर भोट हाल्दै थिए । भक्तपुरको विभिन्न मतदान केन्द्रहरुमा शान्तिपुर्ण तवरमा मतदान कार्य भइरहेको थियो ।

काठमाडौं र भक्तापुरको मतदान केन्द्रहरुको अवलोकान पछि हामी काभ्रेको केही मतदान केन्द्रहरुमा पुग्यौं । काभ्रेमा काठमाडौं र भक्तपुरमा जस्तो उत्साह देखिएन । काभ्रेका मतदान केन्द्रहरुमा मतदाताहरु मतदाताको कुनै लाइन थिएन । दिउँसो तीन बजे धुलिखेलको संजिवनी माविको मतदान केन्द्रमा दिउँसो पुग्दा मतदान स्थल सुनसान थियो । केही मतदाताहरु भोट हाल्न आइरहेका थिए ।

निर्वाचन आयोगका कर्मचारीहरु मतदाताको बाटो कुरेर बसिरहेका थिए । विहान ७ बजेबाट सुरु भएको सो मतदान केन्द्रमा शान्तिपुर्ण तवरले मतदान भएको  संजिवनी मावि मतदान केन्द्रका निर्वाचन अधृकित ढुन्डीराज दहालले बताए । ‘पाँच सय ८८ मतदाता रहेको यो केन्द्रमा ६० प्रतिशत सम्म मतदान हुन्छ भन्ने अनुमान गरेका छौ ।’

salt training

कमेन्ट गर्नुहोस्