
काठमाडौं २१, मंसिर – प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा देशका ४५ जिल्लामा भएको शान्तिपूर्ण रुपमा मतदान भएको छ । यसैबीच चर्चित कलाकारले पनि काठमाडौं लगायत देशका विभिन्न स्थानबाट मत हालेका छन् ।
नायिका रेखा थापाले काठमाडौं, गौशालाको पशुपति क्याम्पसबाट मतदान गर्दै सबैलाई मत हाल्न आह्वान गरेकी थिइन् । त्यस्तै प्रियंका कार्की, केकी अधिकारी लगायतले पनि मत हालेका छन् । अभिनेता हरिवंश आचार्यले पनि भक्तपुरको बालकोटबाट मतदान गरेका छन् ।

त्यस्तै निर्मल शर्मा, जितु नेपालले पनि मतदान गरेको तस्वीर आफ्नो फेसबूकमा अपलोड गरेका छन् ।
लोकगायक पशुपति शर्माले मत हालेको तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् ।
त्यस्तै दीपकराज गिरीले आफूले भोट हाल्दै गरेको तस्वीर फेसबूकमा शेयर गर्दै लेखेका छन्, 'यसपटक भोट हाल्दा धेरैपटक सोचियो पनि ।'



