११ साउन २०८३, सोमबार

नेपालले टस जित्यो, भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने

असार १७, २०८२
काठमाडौं
नेपालले टस जित्यो, भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने

मलेसियामा जारी एसीसी यु–१६ इस्ट जोन क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

समूह ‘ए’ अन्तर्गतको यो खेल क्वालालम्पुरको सेलांगर टर्फ क्लबमा बिहान पौने ८ बजेदेखि सुरु हुने भएको हो।

नेपाल यसअघि खेलेका तीनै खेलमा विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा जापानविरुद्ध ९ विकेटको सानदार जित हात पारेको नेपालले तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराउँदै कीर्तिमानी जित दर्ता गरेको थियो।

आजको खेल नेपालमा पनि जितेमा नेपाल समूह विजेता बन्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्