
नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ। जसलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । जसले प्रिमियम फिचरहरू जस्तै: उत्क्रिष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र ७ हजार ३९९ को किफायती मूल्यमा उपलब्ध गराएको छ ।
कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी कोर बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ।
ग्यालेक्सी कोर बड्स कोरले डायनामिक ड्राइभरहरूको प्रयोग गरी डीप इम्प्रेसिफ साउन्ड तथा शक्तिशाली बस प्रदान गर्दछ । एएनसी र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्टसँग कुरा गर्न सक्छन् । तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एकदम उपयुक्त बनाउँछ।
प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।