१० साउन २०८३, आइतबार

निजामती सेवा विधेयक राष्ट्रियसभा टेबुल गरिँदै

असार १८, २०८२
काठमाडौं
निजामती सेवा विधेयक राष्ट्रियसभा टेबुल गरिँदै

सङ्घीय संसद्‌अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बिहान सवा ११ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

यस्तै, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिए । 

यसैगरी, राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सभा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ राष्ट्रिय सभामा टेबुल गर्ने कार्यसूची निर्धारण गरिएको छ ।

संसदीय समितिमा लामो रस्साकस्सी भएको ‘संघीय निजामती विधेयक’ समितिमा पारित हुँदा एउटा विषय थियो, प्रतिनिधि सभाबाट पारित हुँदा अर्कै भएर आएको भन्दै अहिले चर्को आलोचना भैरहेको छ । संघीय निजामती विधेयकको दफा ८२ को उपदफा ४ मा ‘कूलिङ अफ पिरियड’ राखिएको छ भने उपदफामा यसलाई निष्प्रभावी बनाइएको छ । 

अब राष्ट्रिय सभाले उक्त व्यवस्था सच्याउनु पर्ने आवाज उठिरहेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्