२७ जेठ २०८३, बुधबार

पाँचखालवासीले निःशुल्क रगत पाउने

असार १८, २०८२
काभ्रेपलाञ्चोक
पाँचखालवासीले निःशुल्क रगत पाउने

काभ्रेको पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । 

नगरवासीलाई नि:शुल्क रगत दिन नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको हो । 


पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण  ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको नगरप्रमुख महेश खरेलले बताए । 

सम्झौताअनुसार रेडक्रसले निःशुल्क आवश्यक रगत उपलब्ध गराएबापत नगरले प्रतियुनिट एक हजार ५० का दरले रकम प्रदान गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्