०७ असार २०८३, आइतबार

नेपालमा बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

असार १८, २०८२
काठमाडौं
नेपालमा बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

 आज बिहानको बाढी मापनअनुसार देशका मुख्य नदीहरूमा हाल तत्काल ठूलो खतरा देखिएको छैन भने पनि केही जलाधारहरूमा बाढीको सम्भावना बढिरहेको देखिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरू हाल सतर्कता तहभन्दा तल बगिरहेका छन्। यद्यपि, कर्णाली, पश्चिम सेती र महाकाली जलाधारमा पर्ने जलमापन केन्द्रहरूमा जलसतह क्रमशः बढ्दै गइरहेको जनाइएको छ।
महाशाखाले आगामी दिनमा पानी पर्ने सम्भावना भएकाले उच्च जोखिम भएका स्थानहरूमा बाढीको खतरा अझ बढ्न सक्ने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्