२७ जेठ २०८३, बुधबार

बोटले गर्‍यो ‘निर्भाना’ सिरिजका साथ नेपाल आगमनको औपचारिक घोषणा

असार १८, २०८२
काठमाडौं
बोटले गर्‍यो ‘निर्भाना’ सिरिजका साथ नेपाल आगमनको औपचारिक घोषणा

भारतको नम्बर वान अडियो वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ । यद्यपि बोटले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको छ । नेपाल आगमनको औपचारिक घोषणा ब्रान्डको अन्तर्राष्ट्रिय यात्रामा एक महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।

अब यसले अत्यधिक प्रशंसित ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिकमार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको छ ।

उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।

बोटले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ र नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकको रूपमा स्थापित भइसकेको छ, जसले नेपाली उपभोक्ता माझ यसको गहिरो रुचि र विश्वासलाई प्रमाणित गर्दछ ।

बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रालि (रमेश कर्प अन्तर्गतको संस्था)ले वितरण गर्दै आएको छ ।

बोट छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल भएको छ, जसले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र सुलभ मूल्यको संयोजन प्रस्तुत गर्दछ ।

टेलिटकले नेपालमा दूरसञ्चार र उपभोक्ता इलेक्ट्रोनिक्सको द्रुत रूपान्तरण भइरहेको परिवेशमा काम गर्दै आएको छ । बलियो वितरण सञ्जाल र विश्वव्यापी साझेदारीको माध्यमबाट कम्पनीले नेपाली उपभोक्तालाई नवप्रवर्तनयुक्त प्रविधि उत्पादन प्रदान गरिरहेको छ ।

बोटका सह-संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने, 'नेपाल सधैं हाम्रो लागि विशेष स्थान रहँदै आएको छ, र हामी यस जीवन्त र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित छौं । नेपाली उपभोक्ताबाट पाएको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ, र हामी हाम्रो ब्रान्डमा राखिएको विश्वासप्रति आभारी छौं । हाम्रो प्रिमियम ‘निर्भाना’ सिरिजको शुरूआतसँगै हामी आजको जीवनशैली अनुसारको आवश्यकतालाई सम्बोधन गर्ने उच्च गुणस्तरीय र डिजाइन–मुखी अडियो अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँछौं ।'​

बोटको पोर्टफोलियोमा जीवनशैली–अनुकूल, प्रविधि–सक्षम र राम्रो डिजाइन भएका उत्पादनहरू समावेश छन् जुन युवा तथा डिजिटल रूपमा सक्षम उपभोक्तालाई लक्षित गरिएको छ । आईएमएलले क्वालकॉम–पावर्ड उत्पादनहरू र डल्बी–इनेबल्ड अडियो विशेषतामार्फत नवप्रवर्तन गर्दै आएको छ ।

कम्पनीमा साउथ लेक इन्भेस्टमेन्ट लिमिटेड (वारबर्ग पिन्कस समूहको सहायक संस्था), क्वालकॉम भेन्चर्स एलएलसी र फायरसाइड भेन्चर्स इन्भेस्टमेन्ट फन्ड १ (फायरसाइड इन्भेस्टमेन्ट ट्रस्ट अन्तर्गतको स्किम) को लगानी रहेको छ ।

कम्पनीका कार्यालयहरू हाल दिल्ली, मुम्बई र बेंगलुरुमा अवस्थित छन् ।

salt training

कमेन्ट गर्नुहोस्