०१ साउन २०८३, शुक्रबार
कांग्रेस केन्द्रीय समिति

गगनविरुद्ध मोहन बस्नेतको आक्रोश​ : तपाईंकै कारणले मुद्दा लाग्यो, तपाईं चाहिँ कहाँ जानुहुन्छ ?​

असार १८, २०८२
काठमाडौं
गगनविरुद्ध मोहन बस्नेतको आक्रोश​ : तपाईंकै कारणले मुद्दा लाग्यो, तपाईं चाहिँ कहाँ जानुहुन्छ ?​

टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधि खरिद प्रकरणमा धरौटीमा रिहा भएका कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टीका जिम्मेवार नेताप्रति आक्रोश पोखेका छन् । 

टेरामक्स प्रकरणमा केही दिन अघि मात्रै २५ लाख धरौटी बुझाएका बस्नेतले केन्द्रीय समितिको बैठकमा बुधबार आफूलाई नेताहरूले नै फसाएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले महामन्त्री गगन थापाको नाम नै लिएर आफूलाई समात्न लगाएको दाबी गरेका हुन् । ‘महामन्त्री गगन थापाजी- तपाईं अरू नेताहरूलाई पनि समात्न लगाउनुस्,’ बस्नेतले आक्रोश पोख्दै भने, ‘अनि तपाईं चाहिँ कहाँ जानुहुन्छ ?,’ बालकृष्ण खाँणलाई पनि महामन्त्री गगनले नै समाउन लगाएको दाबी उनले गरे । 

महामन्त्री थापाले आफूविरुद्ध संसद्‌मा धेरै नै बोलेकाले त्यही आधारमा अख्तियारले मुद्दा लगाएको उनको दाबी छ ।

समय लाग्ला तर कोही पनि सग्लो नदेखिने भन्दै उनले एक दिन सबैको पालो आउने चेतावनीसमेत दिए ।

आफूलाई पार्टीले सहयोग नगरेको बरु गभर्नरसँग आफूलाई साटेको आरोपसमेत उनले लगाए । आफू राजनीतिक कार्यकर्ता भएकोले जितेरै आएको भन्दै उनले मुद्दा लडेर प्रतिवाद गर्ने बताए ।

आफूले कुनै हालतमा प्रतिकार गर्ने भन्दै उनले पदको महत्वकांक्षा बोक्नेहरूलाई खबरदारी गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्