१० साउन २०८३, आइतबार
संवैधानिक इजलास

राति ११ बजेसम्म बस्न सकेन संवैधानिक इजलास, न्यायाधीशहरू फैसला लेखनमा व्यस्त

असार १८, २०८२
काठमाडौं
राति ११ बजेसम्म बस्न सकेन संवैधानिक इजलास, न्यायाधीशहरू फैसला लेखनमा व्यस्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले बुधबार निर्णय सुनाउँदैछ ।

राति ११ बजेसम्म न्यायाधीशहरू फैसला लेखनमा व्यस्त रहेका सर्वोच्च प्रशासनले जनाएको छ । फैसला केही बेरमा सुनाउने भनिएको छ। 

प्रधानन्यायाधीश प्रकाशमान सिंह तथा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकूल सुवेदी सम्मिलित संवैधानिक इजलासले बुधबार ५२ पदाधिकारीको नियुक्ति सम्बन्धमा निर्णय सुनाउन लागेको हो । 

निर्णय सुन्न रिट निवेदक वकिलहरू संवैधानिक इजलासमा कुरेर बसेका छन् । यसअघि जेठ २८ गते हुने भनिएकोमा आज असार १८ गतेका लागि निसु तोकिएको थियो । ढिलो भए पनि निर्णय आजै सुनाइने सम्भावना रहेको सर्वोच्च स्रोतले जानकारी दियो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २०७७ माघ र २०७८ असारमा विभिन्न संवैधानिक निकायमा नियुक्ति गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्