०५ साउन २०८३, मंगलबार
संवैधानिक इजलास

मध्यराति १२ बजे शुरू भयो संवैधानिक इजलास, निर्णय सुनाइँदै

असार १९, २०८२
काठमाडौं
मध्यराति १२ बजे शुरू भयो संवैधानिक इजलास, निर्णय सुनाइँदै
फाइल फोटो

विभिन्न संवैधानिक निकायमा झण्डै साढे ४ वर्षअघि गरिएको नियुक्तिविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले निर्णय सुनाउँदैछ । यसका लागि बुधबार मध्यराति १२ बजे संवैधानिक इजलास शुरू भएको छ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह तथा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकूल सुवेदी सम्मिलित संवैधानिक इजलासले बुधबार ५२ पदाधिकारीको नियुक्ति सम्बन्धमा निर्णय सुनाउन लागेको हो ।

न्यायाधीशहरू फैसला लेख्न व्यस्त भएकोले निर्णय सुनाउन ढिलाइ भएको सर्वोच्च अदालतका कर्मचारीहरूले बताएका छन् । 

अदालतका एक अधिकारीले इजलास शुरू भएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्