०१ साउन २०८३, शुक्रबार

आज तीनवटा संसदीय समितिका बैठक बस्दै, के-के विषयमा हुँदैछ छलफल ?

असार १९, २०८२
काठमाडौं
आज तीनवटा संसदीय समितिका बैठक बस्दै, के-के विषयमा हुँदैछ छलफल ?
अर्थ समिति बैठक । फाइल तस्वीर ।

आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् । 

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । 
    
सोही समयमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुँदैछ ।  

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्