१९ असार २०८३, शुक्रबार

बाढीले क्षति गरेका विद्युत आयोजनाको उत्पादन केही समय बन्द हुने

असार २४, २०८२
काठमाडौं
बाढीले क्षति गरेका विद्युत आयोजनाको उत्पादन केही समय बन्द हुने

रसुवामा मंगलबार बिहान आएको बाढीले विभिन्न विद्युत आयोजनामा क्षति गरेको छ । 

यी आयोजनाबाट भइरहेको विद्युत उत्पादन केही समय बन्द हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

मंगलबार दिउँसो प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै शाक्यले बिहान सवा तीन बजेतिर ड्याम ब्रस्ट भएर आएको बाढीले रसुवागढी, चिलिमेजस्ता आयोजनामा क्षति गरेको बताए । 

उनका अनुसार रसुवागढी १११ मेवाको बाँध बगाएको छ । सबैभन्दा बढी क्षति यसमै भएको शाक्यले बताए । विद्युत प्राधिकरणमा भएका क्षतिमा मानवीय क्षति भने नभएको उनले बताए । 

‘थप केही समय उत्पादन बन्द हुन्छ । कहिले खुल्छ भन्ने थाहा छैन । त्रिशुली-३ ‘ए’को ड्याम पनि केही बगाएको छ’, शाक्यले भने, ‘चिलिमेमा पनि त्यति पानी बढ्ला भन्ने अनुमान थिएन । पानी घट्नासाथ सफाइ शुरू भएको छ । केही दिनमा उत्पादन शुरू हुन्छ ।’

शाक्यले त्रिशुली-३ ‘बी’ आयोजनाको संरचनामा केही क्षति भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्