०७ साउन २०८३, बिहीबार

अस्ट्रेलिया भ्रमणमा नेपाली क्रिकेट टोलीको पहिलो खेल एनटी स्ट्राइकसँग

असार २४, २०८२
काठमाडौं
अस्ट्रेलिया भ्रमणमा नेपाली क्रिकेट टोलीको पहिलो खेल एनटी स्ट्राइकसँग

अस्ट्रेलियामा अर्को महिना आयोजना हुने ‘टप इन्ड टी-२०’ श्रृंखलामा नेपाली टोलीले आफ्नो पहिलो खेल अस्ट्रेलियाको उत्तरी प्रान्तीय स्ट्राइक (एनटी)सँग खेल्नेछ ।

नेपाल र एनटीबीचको खेल अगस्त १५ तारिखमा खेलिने छ । खेल नेपाली समय अनुसार, दिउँसो २:१५ बजे शुरू हुनेछ । मंगलबार सार्वजनिक गरिएको खेल तालिका अनुसार, नेपालले आफ्नो दोस्रो खेल बंगलादेशको ‘ए’ टोलीसँग खेल्नेछ ।

नेपाल र बंगलादेश ‘ए’बीचको खेल अगस्त १६ तारिखमा खेलिने छ । उक्त खेल दिउँसो ३:१५ बजे शुरू हुनेछ । नेपालले आफ्नो तेस्रो खेल मेलबर्न स्टार्ससँग अगस्त १८ तारिखमा खेल्नेछ । उक्त खेल नेपाली समय अनुसार, बिहान ७:१५ बजे शुरू हुनेछ ।

यसैगरी, नेपाली टोलीले आफ्नो चौथो खेल होबर्ट हरिकन्ससँग अगस्त १९ तारिखमा खेल्नेछ । नेपाल र होबर्ट हरिकन्सबीचको खेल नेपाली समय अनुसार, बिहान ११:१५ बजे शुरू हुनेछ । नेपाली टोलीले आफ्नो पाँचौं खेल अगस्त २० तारिखमा मेलबर्नसँग खेल्नेछ । खेल बिहान ११:१५ बजे शुरू हुनेछ ।

उक्त शृंखलामा नेपाली टोलीले आफ्नो छैटौं तथा अन्तिम खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्ससँग खेल्नेछ । नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल नेपाली समय अनुसार, दिउँसो ३:१५ बजे शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्