०४ असार २०८३, बिहीबार

नेपाल टेलिकमको इन्टरनेट किन भयो सुस्त ?

असार २४, २०८२
काठमाडौं
नेपाल टेलिकमको इन्टरनेट किन भयो सुस्त ?

नेपाल टेलिकमको इन्टरनेट सेवामा मंगलबार बिहानदेखि समस्या देखिएको छ। कम्पनीले एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय सेवा प्रदायकमध्ये एकको नेटवर्कमा समस्या उत्पन्न भएपछि इन्टरनेट सेवा प्रभावित भएको जानकारी दिएको छ।

मंगलबार बिहान १:३० बजेदेखि देखिएको समस्यापछि सम्पूर्ण डेटा ट्राफिक वैकल्पिक सेवा प्रदायकमार्फत सञ्चालनमा आएको टेलिकमले जनाएको छ। यसले वैकल्पिक लिङ्कमा चाप बढाएपछि इन्टरनेट स्पीडमा गिरावट आएको हो।

कम्पनीका अनुसार समस्या समाधान गरी सेवा छिट्टै सामान्य बनाउने प्रयास तीव्र रूपमा भइरहेको छ। 

टेलिकमले सेवाग्राहीलाई धैर्य राख्न आग्रह गर्दै सेवा पुनः सुचारु गर्न प्राविधिक टोलीले निरन्तर काम गरिरहेको उल्लेख गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्