०६ असार २०८३, शनिबार

सिद्धबाबाको पहिरोमा मोटरसाइकल पर्दा घाइते भएका जनकको मृत्यु

असार २४, २०८२
पाल्पा
सिद्धबाबाको पहिरोमा मोटरसाइकल पर्दा घाइते भएका जनकको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका दुईमध्ये एक जनाको मृत्यु भएको छ । 

बुटवलबाट पाल्पा आउँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकल पहिरोमा परी घाइते भएका पाल्पाको रामपुर नगरपालिका–५ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । 

उनलाई उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती कल्पना चापागाईं भने सामान्य घाइते छन् । उनको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

एक्कासी माथि भिरबाट पहिरो आएर लाग्दा चालक सडकबाट केही तल खस्न पुगेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन-बुटवल सडकखण्डमा विभिन्न ठाउँमा ढुङ्गा खस्ने र पहिरोको जोखिम रहेकाले अहिले बर्तुङ र सिद्धाबाबा क्षेत्रबाट सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।     

पढ्नुहोस् यो पनि- सिद्धबाबामा खसेको पहिरोमा मोटरसाइकल पर्‍यो, श्रीमान-श्रीमती गम्भीर घाइते

salt training

कमेन्ट गर्नुहोस्